ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने, यस्तो छ राष्ट्र बैंकको ब्यवस्था

ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने, यस्तो छ राष्ट्र बैंकको ब्यवस्था

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • images
    images
    ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने, यस्तो छ राष्ट्र बैंकको ब्यवस्था
    images
    images

    काठमाडौँ/  केन्द्रीय बैंकले आज बुधवार एक निर्देशन जारी गर्दै अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि बैंक बित्तिय संस्थाहरुले अब ऋणीको धितो हुँदासम्म कालो सूचिमा राख्न पाइने छैन ।  

    केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।

    सो सूचना अवधिपश्चात मात्र जमानत दातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ’ केन्द्रीय बैंकले निर्देशनमा भनेको छ । निर्देशन अनुसार ऋणीको धितोबाट असुली गरेपछि अझै ऋण बाँकी रहेमा अर्को ९० दिनको मौका पछि मात्रै कालोसूचिमा राख्ने प्रकृया अघि बढ्ने छ । यस अवस्था पश्चातपछि कालो सूचिमा रहे कुनैपनि बैंकबाट ऋणीले खाता समेत खोल्न पाउँदैन । 


    तर कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने खाता खोल्न यस व्यवस्थाले बाधा नपुर्याउने केन्द्रीय बैँकले जनाएको छ । 

    यसैगरी पहिले नै कालो सूचिमा परेको कुनै कम्पनी वा फर्मसँग अर्को कुनै कालो सूचीमा समावेश नभएको फर्म कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा रहेमा त्यस्तो कम्पनीको खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com