हायर पर्चेज कर्जा लिने कम्पनीको अनिवार्य प्यान नम्बर हुनुपर्ने

हायर पर्चेज कर्जा लिने कम्पनीको अनिवार्य प्यान नम्बर हुनुपर्ने

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • हायर पर्चेज कर्जा लिने कम्पनीको अनिवार्य प्यान नम्बर हुनुपर्ने

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    images
    images

    राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गरी २५ लाख माथिको कर्जामा प्यान नम्बर अनिवार्य गरेको हो। तर, २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट प्यान लिन अनिवार्य नहुने पनि जानकारी दिइएको छ ।

    हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भनिएको छ। साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाउने उल्लेख छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय