२७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

२७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक १४ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेगरी चार किसिममा कूल २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबारदिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि केन्द्रीय बैंकले कात्तिक ३ गते १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com