राष्ट्र बैंकले १७ करोड ६७ लाख ब्याजमा लगानी गर्ने, वाणिज्य बैंकले १४ करोड निक्षेप पाउने

राष्ट्र बैंकले १७ करोड ६७ लाख ब्याजमा लगानी गर्ने, वाणिज्य बैंकले १४ करोड निक्षेप पाउने

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • राष्ट्र बैंकले १७ करोड ६७ लाख ब्याजमा लगानी गर्ने, वाणिज्य बैंकले १४ करोड निक्षेप पाउने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म कूल ३६५ दिनका लागि उक्त रकम निक्षेपको रुपमा राख्ने भएको हो । 

    images
    images

    आइतबार एक सूचना जारी गर्दै बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार क वर्गका वाणिज्य बैंकहरुले १४ करोड १४ लाख रुपैयाँ निक्षेप पाउने छन् भने ख वर्गका विकास बैंकले २ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुले ८८ लाख रुपैयाँ निक्षेप पाउनेछन् । 

    तथापि, निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको शर्त पुरा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गर्नुपर्नेछ भने कर्जा निक्षेपको अनुपात ९सीडी० रेसियो कायम गरेको र निष्कृय कर्जा ९एनपीएल० कूल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय