५० लाखभन्दा बढी मुद्दती निक्षेपमा प्यान कार्ड अनिवार्य लिनुपर्ने

५० लाखभन्दा बढी मुद्दती निक्षेपमा प्यान कार्ड अनिवार्य लिनुपर्ने

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • ५० लाखभन्दा बढी मुद्दती निक्षेपमा प्यान कार्ड अनिवार्य लिनुपर्ने

    काठमाडौँ / व्यक्तिगत ग्राहकले बैंक तथा वित्तीय संस्थामा पचास लाख रूपैयाँभन्दा माथिको रकम मुद्दती निक्षेप राख्दा अनिवार्यरूपमा करदाता परिचय पत्र नम्बर (प्यान कार्ड नम्बर) पेश गर्नुपर्ने भएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशिकामा संशोधन जारी गर्दै पचास लाख रूपैयाँभन्दा माथिको मुद्दती निक्षेप स्वीकार्दा सम्बन्धित प्राकृतिक व्यक्तिको प्यान नम्बर अनिवार्य रूपमा लिनुपर्ने प्रावधान समावेश गरेको हो । यसअघि प्राकृतिक व्यक्तिले मुद्दती निक्षेप राख्दा प्यान नम्बर दिनुपर्ने प्रावधान थिएन ।

    राष्ट्र बैंकको यो प्रावधानले पचास लाखभन्दा माथि मुद्दती निक्षेप राखेका सर्वसाधारणले प्यान कार्ड लिने वा पचास लाखको सीमा नाघ्ने रकमलाई साधारण बचत खातामा सार्ने विकल्प रोज्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय