असोज २८ गतेदेखि नयाँ नोट : प्रतिव्यक्ति साढे १८ हजारसम्म साट्न पाइने

असोज २८ गतेदेखि नयाँ नोट : प्रतिव्यक्ति साढे १८ हजारसम्म साट्न पाइने

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    असोज २८ गतेदेखि नयाँ नोट : प्रतिव्यक्ति साढे १८ हजारसम्म साट्न पाइने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले असोज २८ गते घटस्थापनाको दिनदेखि नयाँ तथा सुकिलो नोट सटही गर्ने भएको छ । वालुवाटार स्थित केन्द्रिय बैंककोे मुद्रा व्यवस्थापन विभागले आगामी कात्तिक ७ गतेको बडादशैँलाई लक्षित गर्दै यस्ता नोट सटही गर्न लागेको हो । 

    यस बर्ष केन्द्रिय बैंकले प्रतिव्‍यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले मात्र नोट साट्न पाउने सीमा निर्धारण गर्ने जनाएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रिय बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने भएको हो । 

    केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाट नै नोट साट्न सकिनेगरी व्यवस्था गर्ने भएको छ। यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ।

    राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ। दशैँमा नयाँ नोट वितरण गर्दा नोटको आयु चाँडै सकिने भन्दै केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न नहुने धारण राख्दै आएको थियो। कोभिडको समयमा नयाँ नोट सटही नगरेको भए पनि अन्य समयमा भने हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ। 

    करोडौ रुपैयाँ खर्चेर छपाइएको नयाँ नोट दशैँमा वितरण गर्दा रङले नोटको आयु घट्ने गरेको छ। दशैँमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिदा देशलाई नै घाटा हुन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com