नेपाल राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • images
    images
    नेपाल राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको छ । 

    राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै २०७६ असोज २० गते अनुमति पाई भुक्तानी सेवा प्रदायको रुपमा कार्य गर्दै आएको मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जनाएको हो । 


    राष्ट्र बैंकले भुक्तानी तथा फर्चोट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकोले भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्था बमोजिम संस्थाको अनुमति पत्र खारेजी गरिएको जनाएको छ।

    भुक्तानी तथा फर्चोट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) मा राष्ट्र बैंकको निर्देशन पालना नगरे र (ज)मा निर्देशन र आदेश विपरित कुनै कार्य गरे अनुमतिपत्र खारेज गरिने उल्लेख छ।

    राष्ट्र बैंकले मोहर डिजिटलले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धीत संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com