काठमाडौँ र ललितपुरका यी क्षेत्रमा १० बजेदेखि साँझ साढे ६ बजेसम्म बत्ती जाने

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा १० बजेदेखि साँझ साढे ६ बजेसम्म बत्ती जाने

शनिवार, भदौ १६ २०८०
शनिवार, भदौ १६ २०८०
  • images
    images
    काठमाडौँ र ललितपुरका यी क्षेत्रमा १० बजेदेखि साँझ साढे ६ बजेसम्म बत्ती जाने
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा दिनभर बत्ती जाने जानकारी दिएको छ । प्राधिकरणले शुक्रबार जारी गरेको सूचना अनुसार टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकु तथा के–थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जनाएको हो । 

    लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेको छ।

    प्राधिकरणका अनुसार उक्त स्टेसनहरूबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा आज बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com