राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै, बोलकबोल कहिले ?

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै, बोलकबोल कहिले ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • images
    images
    राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै, बोलकबोल कहिले ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’ज’ बिक्री गर्न लागेको हो।

    बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।

    भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय बैंकले सूचना गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । 

    कूल १० अर्ब रुपैयाँ मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ । 

    विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६÷६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com