‘बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

‘बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • ‘बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

    कन्चनपुर / नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् । 
    २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।

    images
    images

    उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’

    त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए ।  


    ‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय