कुलमान घिसिङ भन्छन् - अब देशले नयाँ नेतृत्व खोजेको छ

कुलमान घिसिङ भन्छन् - अब देशले नयाँ नेतृत्व खोजेको छ

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • कुलमान घिसिङ भन्छन् - अब देशले नयाँ नेतृत्व खोजेको छ

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् । विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरू भएपनि जनताले आशा गरेअनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए । 

    images
    images

    उनले भने, “नेपालमा केही हुदैँन केही हुन सक्दैँन भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ । अब यहीँ गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ । नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरू भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिए त्यो अहिलेसम्म पूरा हुन सकेको छैन । यो वास्तविकता हो ।” 

    यस्तै, उनले राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै नेपालका नेतृत्वहरूले यस विषयमा त्यति ध्यान दिन नसकेको बताए । उनले भने, “राजनीतिक नेतृत्वसँगै विकास नेतृत्व अलि फरक विषय हो । यसलाई हाम्रा नेतृत्वहरूले त्यति ध्यान दिन सकेन कि भन्ने जस्तो लाग्छ । राजनीतिक नेतृत्वसँगै विकासको नेतृत्व र व्यवस्थापनको पनि ज्ञान हुनुपर्छ । राजनीतिक गर्न हाम्रा नेताहरू एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरूले धेरै काम पनि गर्नु भएको छ, नगरेको भन्ने होइन । क्षमता छ । त्यो हिसाबमा काम भएको पनि छ । तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन । अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरूको आवाज हो ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय