काठमाडौँ / मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई साउन १६ गतेदेखि मलेसियामा आयोजना हुने आदिवासी जनजाती महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी, जापानको टोकियोमा भदौ ९ गतेदेखि १३ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल सरकारका सचिव फणिन्द्र गौतमलाई स्वीकृति प्रदान गरिएको छ ।
साथै, सासेक विद्युत ट्रास्मिसन तथा वितरण आयोजना कार्यान्वयनको लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड)बाट नेपाल सरकारलाई प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ ।