नेप्से सामान्य बढेको बजारमा १८ अर्ब बढीको कारोबार, हाइड्रोपावर बढ्दा खुम्चियो वित्त सेक्टर

नेप्से सामान्य बढेको बजारमा १८ अर्ब बढीको कारोबार, हाइड्रोपावर बढ्दा खुम्चियो वित्त सेक्टर

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • नेप्से सामान्य बढेको बजारमा १८ अर्ब बढीको कारोबार, हाइड्रोपावर बढ्दा खुम्चियो वित्त सेक्टर

    काठमाडौँ / साताको कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक (नेप्से) झिनो अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा रोकिएको छ ।

    images
    images

    नेप्से झिनो अङ्कले बढे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज कूल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    आज कारोबार भएकामध्ये १२३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनी सेयर मूल्यमा गिरावट आएको छ । बिहीबार ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटकमा खरिद बिक्री भएका छन् । 
    कारोबार बन्द हुने अवधिसम्म बजार पुँजीकरण रकम ४९ खर्ब ७७ अर्ब कायम भएको छ । 

    आज बैंकिङ, फाइनान्स, माइक्रो फाइनान्स, निर्जीवन बिमा, जीवन विमा, उत्पादन र अन्य समूहको सूचकमा गिरावट आएको छ ।आज सर्वाधिक बढी वित्त समूह ०.७६ प्रतिशतले घटेको छ भने बैंकिङ् उपसमूह ०.६१ प्रतिशतले घटेको छ । 

    व्यापार, होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रो पावर, म्युचुअल फण्ड र लगानी क्षेत्रको सूचकहरू भने बढेको छ।

    जसमध्ये आज सबैभन्दा बढी हाइड्रो पावर सेक्टर २ प्रतिशतले बढेको छ भने विकास बैंक १.०६ प्रतिशतले बढेको छ । बाँकी सेक्टर सामान्य मात्रै बढेको छ । 
    बिहीबार ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, ट्रेड टावर, स्वेत गंगा हाइड्रोपावर र सान्भी इनर्जीको सेयर मूल्य पनि सर्किट लेभलमा बढेको छ । 

    यो दिन सर्वाधिक बढी ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिवेन्चर २०८५ को मूल्य ४.२२ प्रतिशतले घटेको छ भने ११ प्रतिशत महालक्ष्मी डिवेन्चर २०८९ ३.९६ प्रतिशतले घटेको छ । 

    बिहीबारको कारोबार रकममा सर्वाधिक बढी हिस्सा राधी विद्युत कम्पनीको रहेको छ । यो कम्पनीको ७७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय