सुक्खाबन्दरगाहबाट ११ महिनामा उठ्यो ४५ अर्ब ६१ करोड राजस्व

सुक्खाबन्दरगाहबाट ११ महिनामा उठ्यो ४५ अर्ब ६१ करोड राजस्व

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    सुक्खाबन्दरगाहबाट ११ महिनामा उठ्यो ४५ अर्ब ६१ करोड राजस्व
    images
    images

    वीरगञ्ज (पर्सा) / सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए ।

    उनले साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको बताए ।

    वैशाखमा भने रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com