निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्षदेखिका मुद्दा किनारा लागेनन्

निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्षदेखिका मुद्दा किनारा लागेनन्

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्षदेखिका मुद्दा किनारा लागेनन्

    मुगु / रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । निकुञ्जमा रहेको हुटुमा क्षेत्रमा आवश्यक कर्मचारी नपठाउँदा विभिन्न प्रकृतिका मुद्दाको किनारा लाग्न सकेको छैन । कतिपय मुद्दा १४ वर्षदेखि पेन्डिङमा छन् । 

    images
    images

    निकुञ्ज कार्यालयमा प्रमुखका रूपमा उप-सचिव तहको दरबन्दी भएपनि निकुञ्ज विभागले हालसम्म दरबन्दी अनुसारको कार्यालय प्रमुख नखटाउँदा आर्थिक बर्ष २०६८/०६९ देखि हालसम्म दर्ता भएका बिभिन्न प्रकारका मुद्दाहरूको किनारा लगाउन नसक्दा मुद्दाका आरोपितहरू थप पीडामा छन् ।

    आर्थिक बर्ष २०६८/६९ देखि यता आठ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाको आवश्यक प्रकिया अगाडि बढाउनका लागि उप–सचिव तह वा कामु कार्यालय प्रमुख हुनुपर्ने प्रावधान कानुनमा भए पनि हालसम्मको कार्यालयको रेकर्ड हेर्दा उपसचिव तहका कार्यालय प्रमुख नआउँदा मुद्दा किनारा नलागेको कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताए  । 

    १४ बर्ष यताबाट कार्यालयमा दर्ता भएका आठ थान मुद्दामध्ये अवैध चोरी शिकारी थान–३, वन्यजन्तु आखेटोपहार ओसारपसार–२, मध्यवर्ती क्षेत्रभित्र हातहतियार–१ र अवैध रूपमा निकुञ्ज भित्र काठ काटेको २ थान छन् ।

    आरोपितहरूलाई कार्यालयले हालसम्म तारेख धाउनुबाहेक अन्य कुनै प्रक्रिया अगाडि बढाउन नसक्नु प्रमुखकै अभावले भएको सूचना अधिकारी सावतले जानकारी दिए ।

    बिभिन्न आरोपमा रारा राष्ट्रिय निकुञ्जले मुद्दा दर्ता गरेको छ । दर्ता भएको मुद्दा १४ बर्षसम्म किनारा लगाउन नसक्दा थप समस्या भएको, प्रत्येक महिना तारेखका लागि कार्यालय पुग्नुपर्ने र दरबन्दी अनुसारको कर्मचारी नखटाउँदा विभागको कमजोरी भएको आरोपितहरूको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय