यातायात कार्यालय बाराले १० महिनामा ८ करोड २१ लाख राजस्व

यातायात कार्यालय बाराले १० महिनामा ८ करोड २१ लाख राजस्व

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • images
    images
    यातायात कार्यालय बाराले १० महिनामा ८ करोड २१ लाख राजस्व
    images
    images

    पर्सा / यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा  रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । 

    कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रद ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औसतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने । 

    कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमति पत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै अनुमति पत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमति पत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

    त्यस्तै, अनुमति पत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमति पत्र नवीकरणतर्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com