यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व सङ्कलन

यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व सङ्कलन

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • images
    images
    यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व सङ्कलन
    images
    images

    रौतहट / यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स)बाट बढी राजस्व संकलन गरेको हो ।

    यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि मासिक औसत राजस्व सङ्कलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ । यातायात सम्बन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रूपमा सेवा पाउन थालेपछि राजस्व सङ्कलन वृद्धि भएको उनले उल्लेख गरेका छन् । 

    चालु आर्थिक वर्ष २०८१।८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उनले जानकारी दिए । कार्यलय प्रमुख दासका अनुसार अनुमति पत्र पास (नयाँ) शीर्षकमा-१ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ)बाट-८३ लाख ७६ हजार, पटके शीर्षकमा-३९ लाख ९२ हजार ४०, दर्ता-थप) बाट-३३ लाख ६२ हजार, नवीकरण शीर्षकमा-२७ लाख १६ हजार, त्यसैगरी अन्य विविध शुल्क तथा अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय राजस्व आम्दानी भएको हो । 

    अहिले यातायात सम्वन्धी हरेक किसिमका काम कलैया कार्यालयबाट हुने भएपछि कम खर्चमा सहज तरिकाले सेवा पाउन थालेपछि सेवाग्राही खुसी भएका हुन् । विशेष गरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।

    कलैयामा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानीयहरू बताउँछन् । मधेस प्रदेशका प्राय सबै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com