दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • images
    images
    दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
    images
    images

    महेन्द्रनगर / कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम सुरु गरिएको जानकारी दिए ।

    ‘एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।’  उनले भने–  ‘बन्दरगाह निमार्णका लागि एक हजार  ५९३ रुख काट्नुपर्ने छ ।’

    उनका अनुसार रुख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ । भारतीय पक्षले बन्दरगाह निमार्णका लागि रु दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ । 

    सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।

    बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

    नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।

    भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ ।

    २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो ।

    सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com