सर्लाहीमा भव्य रूपमा "ईद मिलन तथा उर्दू कवि सम्मेलन" सम्पन्न

सर्लाहीमा भव्य रूपमा "ईद मिलन तथा उर्दू कवि सम्मेलन" सम्पन्न

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • सर्लाहीमा भव्य रूपमा "ईद मिलन तथा उर्दू कवि सम्मेलन" सम्पन्न

    सर्लाहीको सदरमुकाम मलंगवामा "ईद मिलन तथा उर्दू कवि सम्मेलन" भव्य रूपमा सम्पन्न भएको छ। दबिस्तान ए–नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बुधबार मलंगवास्थित होटल सुजातामा सम्पन्न भएको हो।

    images
    images

    कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पूर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अब्दुल रहिम मिकरानी, मलंगवा नगरपालिकाका पूर्व उपमेयर शान्ती भनिने शबनम मिकरानी, वडा नं. ९ का अध्यक्ष चन्देश्वर राय, वडा नं. ३ का अध्यक्ष प्रमोद राय, मेयर प्रत्याशी शमिमबाबु खान लगायत समाजसेवी, पत्रकार, साहित्यकार र विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।


    कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रहेको उर्दू कवि सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका उर्दू कविहरूले शायरी प्रस्तुत गर्दै सामाजिक सद्भाव, प्रेम, भाइचारा तथा शान्तिका सन्देश दिएको कविता वाचन गरे।

    उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा श्रोताहरू निकै प्रभावित देखिएका थिए।

    urdua.png


    कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले संविधानमा सबै भाषा, धर्म, संस्कृति, भेषभूषा र जातजातिलाई समान अधिकार सुनिश्चित नगरिएसम्म दिगो शान्ति असम्भव रहेको बताएका छन्।

    उनले हालै मधेस प्रदेशमा प्रस्तुत गरिएको भाषा विधेयकप्रति आपत्ति जनाउँदै उर्दू र थारुजस्ता बहुसंख्यक जनताले प्रयोग गर्ने भाषालाई समावेश नगरेको भन्दै सरकारको निर्णयको भर्त्सना गरे। साथै, आउँदो विधेयकमा यी भाषाहरू समावेश नभएमा जनतासँग मिलेर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

    मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा आयोजक संस्था दबिस्तान ए–नेपालले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय