आज काठमाडौँका तीन स्थानमा प्रदर्शन हुँदै, पार्किङ र डाइभर्सन गरिने स्थान कहाँ कहाँ हुन् ?

आज काठमाडौँका तीन स्थानमा प्रदर्शन हुँदै, पार्किङ र डाइभर्सन गरिने स्थान कहाँ कहाँ हुन् ?

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • images
    images
    आज काठमाडौँका तीन स्थानमा प्रदर्शन हुँदै, पार्किङ र डाइभर्सन गरिने स्थान कहाँ कहाँ हुन् ?
    images
    images

    काठमाडौँ / आज काठमाडौँका तीन स्थानमा प्रदर्शन हुने भएको छ । मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । 

    राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् । 

    यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । 

    सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । 

    डाइभर्सन गरिने स्थानहरू

    खसिबजार-मकालु-कलङ्की चोक-बाफल

    बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकु

    कीर्तिपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुना

    आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू

    त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,

    चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर 

    कार्यक्रममा सहभागी हुनेहरूको सवारी साधन पार्किङ गर्ने स्थानहरू  

    टियू गेट देखी चोभार सडक

    सानेपा करिडोर सडक (दुबै तर्फ)

    चोभार सुख्खा बन्दरगाह

    नयाँ बसपार्क

    सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com