पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको हो ?

पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको हो ?

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको हो ?

    काठमाडौँ / नेपाल प्रहरीले गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाएको भन्दै खण्डन गरेको छ । राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरूका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले घटनाका सम्बन्धमा सत्यतथ्य नबुझी सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत प्रहरीले सचेत गराएको छ ।

    images
    images

    उक्त दिन भएको अपराधिक घटनाहरुका सम्बन्धमा यस कार्यालयबाट सुक्ष्म अनुसन्धान भईरहेको साथै निज मृतकको पोष्टमार्टम कार्य नै प्रारम्भ भईनसकेको अवस्थामा विभिन्न सामाजिक सञ्जालहरुमा ‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरिरमा गोली भेटिएको छ !’ लगायतका शीर्षकहरु राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझि भ्रामक समाचार सम्प्रेषण गरी नकारात्मक सन्देश प्रवाह गराउनेलाई कानुनी दायरामा ल्याइनेसमेत प्रहरीको चेतावनी छ । 

    गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक घटना घटाएको सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाएको छ । 

    राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनीलगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्युसमेत हुनेगरी घटाएका आपराधिक घटनाहरूको सत्यतथ्य नबुझी भ्रामक एवं गलत सूचना प्रवाह नगर्न अनुरोधसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय