पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासंघले कानुनी कारबाही  गर्ने

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासंघले कानुनी कारबाही  गर्ने

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासंघले कानुनी कारबाही  गर्ने

    रौतहट/  समाजिक संजालमा पत्रकारहरुलाई सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ। 

    images
    images

    महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमामा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरेकोमा आपत्ति प्रकट गरेको छ । 

    जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्रसँगको वैचारिक मतभेदलाई लिएर सिङ्गो सन्चरकर्मीहरुलाई बदनाम गर्ने काम गर्न नहुने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    कोही कसैले बदमासी गरे भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायमा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय भएको महासंघको ठहर छ । 

    समाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालिगलौज गर्ने कार्य भएमा सोको विरुद्ध हामी कानुनी कार्यवाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ । 

    साथै जारी विज्ञपति मार्फत  सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासङ्हले तोकेको पत्रकार अचारसंहिता भित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको  छ ।


    नेपाल पत्रकार महासङ्ह रौतहट शाखाको आजै बसेको बैठकले सह सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा  नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्किले जानकारी  गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय