आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  ः महानिर्देशक भट्टराई

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  ः महानिर्देशक भट्टराई

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  ः महानिर्देशक भट्टराई

    काठमाडौँ / अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।  शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । 

    images
    images

    छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्ने भन्दै यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको बताए । भन्सार प्रशासनलाई आधुनिक बनाउन निरन्तर लागि परेको पनि उनले बताए । 

    उनले भने,‘ अबको आधुनिक भन्सार प्रशासन भनेको दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स यी तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्छ यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ । आधुनिक प्रविधिको स्थापना र प्रयोग गर्नुपर्ने छ । यसको लागि हामी निरन्तर लागेको छौं ।’

    त्यस्तै उनले नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई नै मान्यता दिएको पनि जानकारी गराए । उनले भने,‘आयात हुने वस्तुको गुणस्तर परीक्षण गर्नको लागि भन्सार विभागमा एउटा ल्याब छ । प्रमुख भन्सार नाकाहरुमा पनि सानो ल्याब छ । नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई हामीले मान्यता दिएका छौं । यी ल्याबले प्रमाणित गरेको चीजहरुलाई हामी आयात गर्न अनुमति दिन्छौ ।’

    त्यस्तै कानुन मन्त्रालयका सह सचिव होमबहार केसीले भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या नरहेको बताए । 

    उनले भने,‘भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या छैन ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय