भन्सार छलेर मोटरसाइकल ल्याउँदा ट्राफिक प्रहरीको फन्दामा

भन्सार छलेर मोटरसाइकल ल्याउँदा ट्राफिक प्रहरीको फन्दामा

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • भन्सार छलेर मोटरसाइकल ल्याउँदा ट्राफिक प्रहरीको फन्दामा

    काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याईएको मोटरसाइकल सहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    नियन्त्रणमा आउनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानीका  हाल काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेको ट्राफिक प्रहरीले जनाएको छ । 


    गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३(०२(०२० प ९८ ७९ नम्बरको KTM Duke मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको हुँदा थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकल सहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय