प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ / मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

    images
    images

    यस्तै, आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यसैगरी आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय