हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि अध्यक्ष केसीको पहल

हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि अध्यक्ष केसीको पहल

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि अध्यक्ष केसीको पहल

    काठमाडौँ / गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ ।मंगलबार राति  भएको भेटमा संघका अध्यक्ष डा. केसीले हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् । 

    images
    images

    आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विधेयकलाई प्राथमिकतामा राख्नुपर्ने एनआरएनएको माग छ । 

    अध्यक्ष डा केसीले भने, “संविधानतः गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ तिनलाई प्राथमिकता दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस् ।”

    उक्त अवसरमा सभामुखले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरुका बारेमा जानकारी लिई सकारात्मक रूपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सो अवसरमा अध्यक्ष डा. केसीले संघको आगामी अक्टोवर ११ देखि १४, २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराए । 

    भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय