काठमाडौंमा लोकल गोलभेँडा ३०, भारतीयलाई ९० रुपैयाँ प्रतिकेजी, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौंमा लोकल गोलभेँडा ३०, भारतीयलाई ९० रुपैयाँ प्रतिकेजी, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    काठमाडौंमा लोकल गोलभेँडा ३०, भारतीयलाई ९० रुपैयाँ प्रतिकेजी, आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
    images
    images

    काठमाडौं/  आज  विहिबार गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय) रु ५०, गोलभेँडा सानो (तराई) रु ४० रुपैयाँ रहेको छ । 

    कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको  छ ।  जस अनुसार आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु ११० रहेको विवरणमा उल्लेख छ ।

     तपाई बन्दा (लोकल) किन्दै हुनुहुन्छ भने प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३० कायम भएको छ ।
    यी तरकारीका भाउ काठमाडौं उपत्यकाको विभिन्न बजारमा आइपुग्दा स्थान अनुसार फरक पर्न सक्नेछ । 

    ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।


    यसैगरी समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११० नर्धारण गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com