ज्योति विकास बैंकका ग्राहकले भेनस अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

ज्योति विकास बैंकका ग्राहकले भेनस अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • images
    images
    ज्योति विकास बैंकका ग्राहकले भेनस अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

    यस सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पतालको बेड शुल्क, इन–हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    यसअघि बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको थियो। साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

    संस्थागत सुशासनलाई शीरोपर गर्दै, समाजप्रति उत्तरदायी रहेर बैंकले दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com