पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक

पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक

    काठमाडौँ / पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा आज रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

    images
    images

    गजुरी गाउँपालिका–२ परेवाभिरमा केही दिन अघिको वर्षाका कारण विद्युत् प्रसारणलाइनको टावर भएको स्थानमा निरन्तर पहिरो गई उच्च जोखिम देखिएकाले रातिको समयमा सवारी आवागमन रोकिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    उनले भने, “राति त्यहाँ बिजुली छैन, उच्च जोखिमयुक्त स्थान भएकाले पहिरो रोकिने सम्भावनाको मूल्याङ्कन गर्ने र झरेको पहिरो पन्छाएर मात्र यस सडकखण्डमा यातायात आवागमन खोलिनेछ ।”

    सोमबारै केही समयअघि मात्र बन्द गरिएको उक्त स्थानमा पहिरो पन्छाउनका लागि स्काभेटर भने तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

    सो क्षेत्रमा राजमार्ग वारिपारि भएर विद्युत् लाइन गएकाले रातिको समयमा तार तथा पहिरो खस्ने सम्भावना रहेकाले जोखिम देखिएपछि यातायात सञ्चालनमा रोक लगाउनु परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

    प्राधिकरणसँगको समन्वयमा पहिरो खस्न सक्ने वा नसक्ने अवस्थाको मंगलबार बिहान गरिने मूल्याङ्कनका आधारमा सडक सञ्चालन हुने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय