ज्योति विकास बैंकका ग्राहकहरूलाई 'शाइन इखाडोल फिटनेस'मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरूलाई 'शाइन इखाडोल फिटनेस'मा विशेष छुट

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • images
    images
    ज्योति विकास बैंकका ग्राहकहरूलाई 'शाइन इखाडोल फिटनेस'मा विशेष छुट
    images
    images

    काठमाडौँ / ज्योति विकास बैंकका ग्राहकलाई ठूलो ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरूमा छुट दिइने भएको छ।

    बैंक र शाइन इखाडोलबीच छुट सम्बन्धी सम्झौता भएको हो। सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध खानामा १० प्रतिशत छुट पाउने छन्।

    स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ। 

    बैंकले यसअघि ललितपुरस्थित 'मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर'सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो।

    यस्तै काठमाडौंस्थित प्रख्यात ट्रिंक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ।

    यसबाहेक बैंकले 'जस्मिन फटनेस क्लब न्ड स्पा' लगायत कम्पनीहरूसँग पनि सम्झौता गरी ग्राहकलाई छुटको व्यवस्था गरेको छ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com