ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट पाउने

ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट पाउने

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • images
    images
    ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित प्रचलित मा ३० प्रतिशतसम्म छुट मा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको हो । 

    साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com