सानो गोलभेँडा केजीको ८ रुपैयाँ, लोकल बन्दा २०, काउली ५०, आज कुन कुन तरकारी भाउ सस्तो छ ? हेर्नुस् विवरणमा

सानो गोलभेँडा केजीको ८ रुपैयाँ, लोकल बन्दा २०, काउली ५०, आज कुन कुन तरकारी भाउ सस्तो छ ? हेर्नुस् विवरणमा

प्रतिकेजी ५० रुपैयाँ भन्दा कम मूल्यमा आउने तरकारीहरु कुन कुन पाइन्छन् ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    सानो गोलभेँडा केजीको ८ रुपैयाँ, लोकल बन्दा २०, काउली ५०, आज कुन कुन तरकारी भाउ सस्तो छ ? हेर्नुस् विवरणमा
    images
    images

    तपाई काठमाडौंमा तरकारीको भाउ सोध्दै हुनुहुन्छ भने आज आइतबारकालागि कालीमाटी फलफूलत तथा  तरकारी बजार विकास समितिले उपलब्ध गराएको मूल्य सूचि अनुसार प्रतिकेजी ५० रुपैयाँ भन्दा कम मूल्यमा आउने तरकारीहरुमा गोलभेडा सानो खालको लोकल  केजीकै ८ रुपैयाँदेखि १२ रुपैयाँम्म पाइन्छ ।

     

    यस्तैगरी टनेलको सानो १३ रुपैयाँदेखि १९ रुपैयाँसम्म पाइन्छ ।  यस्तैगरी आलु रातोकेजीको ४६देखि ५८ रुपैयाँसम्म  भारतीय ४८ रुपैयाँ  पर्दछ । तर, आलु रातो मुडेको खोज्नु भएको छ भने ४८ रुपैयाँ केजी पर्दछ । 


    बन्दा लोकल २० रुपैयाँमै पाइन्छ । स्थानिय काउली ५० रुपैयाँ र सेतो मूला हाइब्रीड प्रकारको ४० रुपैयाँ पर्दछ ।  यस्तैगरी भन्टा लाम्चो खालको ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म भन्टा डल्लो पनि ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म पाइन्छ ।  तनेबोडी  केजीको ४० रुपैयाँ घिउ सिमी लोकल केजीको न्युनतम ५० रुपैयाँ पर्दछ ।

    तितो करेला ४०, लौका ४०, चिचिण्डो २०, घिरौला ४०, फर्सी पाकेको ३५, फर्सी हरियो २० रुपैयाँमै पाइन्छ ।  यस्तैगरी रायो साग ४० रुपैयाँ, तोरीको साग २० , चुकुन्दर५०, रातो बन्दा ५० रुपैयाँसम्म पाइन्छ । यी तरकारीका मूल्यहरु खुद्रा बजारमा आइपुग्दा केही घटबढ हुन सक्छन् ।

    यो कालीमाटी तरकारीबजारमा पाइने मूल्य सूचि हो । अन्य सस्तोदेखि मंहगो तरकारीको भाउहरु हेर्नुस् विवरणमा 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com