कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौँ /  राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उडेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन्। 

    images
    images

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।

    त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए । तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय