तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ कृषि कम्पनीले कमायो २ करोड १२ लाख नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?

तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ कृषि कम्पनीले कमायो २ करोड १२ लाख नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ कृषि कम्पनीले कमायो २ करोड १२ लाख नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ कृषि कम्पनी २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनी सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार ९ महिनामा कम्पनीले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने कम्पनी घाटामा रहेको थियो । उक्त समयमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

    समीक्षा अवधिसम्म ३७ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी १७ करोड ८५ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी ११०.६३ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको अन्य इक्विटी ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ९३.७५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com