धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, को–को छन् प्रतिस्पर्धामा ?

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, को–को छन् प्रतिस्पर्धामा ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • images
    images
    धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, को–को छन् प्रतिस्पर्धामा ?
    images
    images

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि डेढ दर्जन बढीको आवेदन परेको छ। 

    धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा अन्तिम दिन फागुन ३० गतेसम्म १९ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ।  

    आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गर्नेछ । प्रस्तुति दिने ५ जनामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । 

    सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

    बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो । 

    को–को छन् प्रतिस्पर्धामा ? 

    बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल छन् । 

    यस्तै, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाकले पनि अध्यक्षको लागि आवेदन दिएका छन् । 

    त्यसेगरी, आबेदन दिएका अन्य आवेदकमा सन्तोष नारायण श्रेष्ठ, डा गोपाल प्रसाद भट्ट, निरज गिरि, डा रघुराज काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारि, रामदेव यादव, सीताराम थपलिया, डा बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल रहेका छन्।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com