सीमामा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर, १ हजार ४ सय २ जनाको परीक्षण

सीमामा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर, १ हजार ४ सय २ जनाको परीक्षण

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • सीमामा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर, १ हजार ४ सय २ जनाको परीक्षण

    काठमाडौँ / सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । 

    images
    images

    सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पताल बलम्वु र परोहा नगरपालिका तथा प्रादेशिक अस्पताल रौतहटको सहकार्यमा फागुन २६ गते रौतहटको परोहा नगरपालिका ४ लौकाहास्थित ब्रहमज्योती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

    सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाह, परोह नगरपालिकाका नगर प्रमुख शेख वकिल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल भारत सीमासँग जोडिएका ४ वटा पालिकाका १३ वटा वडाका सीमा सहजीकरण समितिका अध्यक्ष तथा पदाधिकारीहरु र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । 

    निःशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत नाक, कान, घाँटी लगायत अन्य रोगहरुको समेत परीक्षण गरिएको थियो । शिविरमा महिला, बालबालिका र बृद्धबृद्धा गरी कुल १ हजार ४ सय २ दुई जना सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय