३३ किलो सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले लियो ‘गोरे’सँग बयान

३३ किलो सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले लियो ‘गोरे’सँग बयान

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • ३३ किलो सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले लियो ‘गोरे’सँग बयान
    फाइल फोटो

    काठमाडौँ / ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न  ‘गोरे’ हाल केन्द्रीय कारागारको गोलघरमा रहेका छन्। 

    images
    images

    कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ । 

    २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।

    हराएको ३३ किलो सुन नभेटिँदा गोरे समूहले चोरीमा संलग्न रहेको भन्दै सनम शाक्यको हत्या गरेको थियो। समितिले अहिले पुराना मुद्दामा संलग्नहरूसँग बयान लिइरहेको छ। उनीहरूबाट केही तथ्यहरू फेला पारेको पनि समितिले जनाएको छ। 

    समितिले अहिलेसम्म औपचारिक अनौपचारिक गरी करिब ३ सय व्यक्तिसँग सोधपुछ गरिसकेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय