सन् २०२४ पछि रूससँग ग्यास पारवहन नगर्ने पक्षमा यूक्रेन

सन् २०२४ पछि रूससँग ग्यास पारवहन नगर्ने पक्षमा यूक्रेन

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • सन् २०२४ पछि रूससँग ग्यास पारवहन नगर्ने पक्षमा यूक्रेन

    यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

    images
    images

    प्रेस सेवाले यूक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ ।

    यद्यपि यूक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशहरूसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ । 

    यूक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रूसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए । 

    सम्झौता अनुसार यूक्रेनले सन् २०२१/०२४ को अवधिमा प्रति वर्ष ४० अर्ब क्युबिक मिटर रूसी ग्यास ढुवानी गर्ने योजना थियो ।  गत वर्ष रूसबाट यूक्रेन हुँदै जाने ग्यास २८।४ प्रतिशतले घटेर एक करोड ४६ लाख क्युबिक मिटरमा झरेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय