लक्ष्मी ग्रुपको ५०औँ वार्षिकोत्सव : बालबालिकालाई सहयोग, रक्तदानदेखि सरसफाइसम्मका कार्यक्रमहरू सम्पन्न

लक्ष्मी ग्रुपको ५०औँ वार्षिकोत्सव : बालबालिकालाई सहयोग, रक्तदानदेखि सरसफाइसम्मका कार्यक्रमहरू सम्पन्न

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • images
    images
    लक्ष्मी ग्रुपको ५०औँ वार्षिकोत्सव : बालबालिकालाई सहयोग, रक्तदानदेखि सरसफाइसम्मका कार्यक्रमहरू सम्पन्न
    images
    images

    काठमाडौँ / प्रतिष्ठित ब्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औँ वार्षिकोत्सव मनाएको छ। सो अवसरमा ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० जना बढी बालबालिकालाई स्टेशनरी र माग अनुसार अन्य सामग्रीहरू उपलब्ध गराएको छ । 

    हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको ‘मोबिलिटी’सँग सबैलाई जोड्ने उद्देश्यप्रति एेक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ।  ‘मोबिलिटी’ सबैको आधारभतू आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिस्क घात भएका बालबालिकाहरूलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको छ।

    त्यसैगरी लक्ष्मी ग्रुप र सो अन्तर्गतका बिभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गरेका छन् । परम्परालाई निरन्तरता दिँदै लक्ष्मी ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । जसमा १०० भन्दा बढी कर्मचारीहरूले सहभागिता जनाएका थिए। 

    लक्ष्मी ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौँले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको थियो। लक्ष्मी ग्रुप अन्तर्गतको प्रतिष्ठित कम्पनी सुजल डेरीले काठमाडौँस्थित गैरीधारामा रहेको 'Hope Heritage Elder Care' मा दिवा खाजा आयोजना गरेको जनाएको छ । 

    आफ्नो परोपकारी कार्यलाई विस्तार गर्दै सुजल फुड्सले पनि 'Child Protection Home' र Disabled Service Association' का व्यक्तिहरूलाई आफ्नो उत्पादनका चक्लेट, स्टेशनरी र खेलकुदका सामानहरू वितरण गरी खुशी बाडेको थियो । 

    त्यसैगरी, सफल फुड्सको ब्राण्ड लभबर्ड आइसक्रिमले जोरपाटीको अत्तरखेलस्थित 'CWEAF' मा खाजासहित रमाइलो कार्यक्रम आयोजना गरेको थियो । आइसक्रिम, खीर, पनिर तरकारी, स्टेसनरी सामान र खेलकुद लगायतका सामग्री दिँदा आनन्द र एकताको क्षणहरू सिर्जना गरेको सुजल फुड्सले जनाएको छ ।

    सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, निर्माण सामाग्री, गाडी तथा कम्पोनेन्टको बिक्री वितरण र होम एपलाएन्सेस लगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समहू बनेको छ। 

    लक्ष्मी ग्रुपको ५० वर्षको यो उल्लेखनीय कोसेढुङ्गामा पुग्दै गर्दा यसले कर्पोरेट सफलता र सामाजिक उत्तरदायित्वको सामञ्जस्यपूर्ण सहअस्तित्व प्रदर्शन गर्दै सामुदायिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com