लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता, ग्राहक तथा कर्मचारीले पाउनेछन् यस्ता सुविधाहरु

लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता, ग्राहक तथा कर्मचारीले पाउनेछन् यस्ता सुविधाहरु

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • images
    images
    लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता, ग्राहक तथा कर्मचारीले पाउनेछन् यस्ता सुविधाहरु
    images
    images
    लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौँमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई बिभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । 
     
    उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 
     
    सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने भएको छ । 
     
    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालकोतर्फबाट मेडिकल डाइरेक्टर डा.अरबिन्द कुमार साहले हस्ताक्षर गरेका थिए । 
    लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 
     
    लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा  प्रवाह गरिरहेको छ । 
     
    ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com