आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • images
    images
    आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। 

    नेपाल सुन–चाँदी व्यवसायी महासंघको अनुसा आज बजारमा सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रूपैयाँ बढेको थियो । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com