एकैदिन प्रतितोला २ हजार ८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एकैदिन प्रतितोला २ हजार ८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • images
    images
    एकैदिन प्रतितोला २ हजार ८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज बिहिकार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । 

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको मूल्य आज एकैपटक प्रतितोला दुई हजार आठ सय रुपैयाँले  बढेको हो । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com