घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

    आइतबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको थियो । आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय