सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति, आजैबाट काम थाल्ने

सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति, आजैबाट काम थाल्ने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति, आजैबाट काम थाल्ने
    images
    images

    काठमाडौँ / सुन तस्करी प्रकरणको छानविनका लागि तीन सदस्यीय उच्चस्तरिय छानविन आयोग बन्ने भएको छ ।

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सुन तस्करी प्रकरणको छानविनका लागि तीन सदस्यीय उच्चस्तरिय छानविन आयोग बनाउने सहमती जुटेको हो ।

    उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वकोसुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    आयोगको अवधी ३ महिनाको हुनेछ । प्रतिनिधिसभाको बैठक पनि आज बस्दैछ । त्यसअघि नै मन्त्रिपरिषद्ले आयोग गठनको निर्णय गर्नेछ । बर्तौलाका अनुसार मन्त्रिपरिषद्ले उक्त निर्णय गरिसकेपछि प्रतिनिधिसभा बैठक चलने बताए ।

    तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उनले बताए ।

    यसअघि असोज ५ गते आयोग बनाएर सोहि दिनबाट छानबिन शुरु गर्ने सहमति भएको भएपनि हालसम्म आयोग बनेको थिएन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com