लम्पी स्किन रोगको खोप उत्पादन गर्न सिड भाइरस ल्याउने सरकारको तयारी

लम्पी स्किन रोगको खोप उत्पादन गर्न सिड भाइरस ल्याउने सरकारको तयारी

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • images
    images
    लम्पी स्किन रोगको खोप उत्पादन गर्न सिड भाइरस ल्याउने सरकारको तयारी
    images
    images

    काठमाडौं/  सरकारले लम्पी स्किन रोगको खोप उत्पादन गर्ने तयारी गरिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

    स्वदेशमै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रकृया अगाडि बढाइएको मन्त्री बेदुराम भुसालले जानकारी दिए । 

    पक्सभारिडी ९एयहखष्चष्मबभ० परिवार अन्तर्गतको क्याप्रिपक्स नामक भाइसरका कारण मुलुकभर ५२ हजार ५४८ पशुको मृत्यु भएको छ । सरकारको तथ्याङ्क अनुसार अझै ७३ हजार ६३६ पशु अहिले पनि बिरामी अवस्थामा छन् ।

     १५ लाख १९ हजार ७७९ पशुमध्ये १३ लाख ९३ हजार ५९५ निको भएको मन्त्रालयले जनाएको छ । 

    उपचारपश्चात् निको हुने सङ्ख्या बढ्दै गएको छ  मन्त्री भुसालले बताए ।


    सङ्क्रमण हुने लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दाबी छ । 

    रोगको उपचार र रोकथाम सम्बन्धी कार्यको संयोजन गर्न पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको छ ।

    पशु सेवा विभाग र मातहतका कार्यालयहरूमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातओटै प्रदेशमा औषधिसहित टोली पठाइएको छ । 

    यसरी पठाइएका टोलीले स्थानीय तहका प्रभावित क्षेत्रमा पुगी उपचार र प्राविधिक सल्लाह दिनेलगायतका कार्य गरेको मन्त्रालयले भनेको छ । 

    यस रोगको भ्याक्सिन हाम्रो देशमा नबन्ने भएकाले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था मिलाइएको छ । 

    अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ र ९ लाख १९ हजार ४१६ पशुलाई भ्याक्सिन लगाइएको छ ।  

     यस रोगबाट पशुको मृत्यु भएर क्षति बेहोर्नु परेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com