काठमाडौँ / मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा अब नयाँ स्थानबाट सेवा प्रवाह गर्ने भएको छ। ग्राहक सेवामा सहजता र पहुँच विस्तार गर्ने उद्देश्यले फाइनान्सको शाखा कार्यालय हालको ठेगाना काठमाडौँ महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडबाट करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण गरिएको हो।
स्थानान्तरित नयाँ शाखाबाट साउन ४ गते आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु भएको छ। शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका थिए ।
शाखा स्थानान्तरणबारे जानकारी दिँदै शाखा प्रबन्धक सन्जीब श्रेष्ठले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी शाखा स्थानान्तरण गरिएको बताए । हालसम्म मञ्जुश्री फाइनान्सले करिब २३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी करिब १८.८ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ।
कम्पनीले आकर्षक ब्याजदरमा निक्षेप सङ्कलन र सुलभ दरमा कर्जा प्रदान गर्दै आइरहेको छ।
देशभर हालसम्म २७ वटा शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिइरहेको मञ्जुश्री फाइनान्सले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याइरहेको जनाएको छ। कम्पनीलाई देशकै अग्रणी फाइनान्स कम्पनीका रूपमा लिइन्छ।