बाँसघारी र शौचालयमा लुकाइएको ३८९ केजी गाँजा बरामद

बाँसघारी र शौचालयमा लुकाइएको ३८९ केजी गाँजा बरामद

आइतवार, साउन ४ २०८२
आइतवार, साउन ४ २०८२
  • बाँसघारी र शौचालयमा लुकाइएको ३८९ केजी गाँजा बरामद

    सप्तरी / सप्तरी जिल्लाको राजगढ गाउँपालिका-३ नर्घोबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार साँझ ३८९ केजी गाँजा फेला पारेको हो।

    images
    images

    प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीको विशेष टोली, प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, बीओपी बनैनिया र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा छापा मारेका थिए।

    गाँजा स्थानीय एक व्यक्तिको घर नजिकै रहेको बाँसघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो।

    सुरक्षाकर्मीहरूका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    स्थानीय स्रोतका अनुसार उक्त गाँजा सीमापार तस्करीको लागि तयारी अवस्थामा राखिएको हुनसक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले गाँजासँग सम्बन्धित व्यक्तिको खोजी तीव्र पारिएको बताएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय