काठमाडौँ / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। बुधबार च्यासलस्थित एमाले कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मिडियासँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले सदस्यता नवीकरण सम्बन्धी स्पष्ट धारणा राखेकी हुन्।
उनले भनिन्, “पार्टी सदस्यता नवीकरण भैसक्यो, तर आजको भेटमा त्यसबारे कुराकानी भएन। आज त राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको हो।”
दुवै नेताको भेटघाटपछि उनीहरू हर्षित मुद्रामा बैठक कक्षबाट बाहिरिएका थिए। अध्यक्ष ओली भने मिडियालाई कुनै प्रतिक्रिया नदिई त्यहाँबाट हिँडेका थिए।
यो भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।