उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

आइतवार, साउन ४ २०८२
आइतवार, साउन ४ २०८२
  • उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

    काठमाडौँ / उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद् घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।

    images
    images

    क्वाङ निन्ह प्रान्तका स्थानीय अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । अहिलेसम्म १२ जनालाई जिवितै उद्धार गरिएको छ भने खोज र उद्धार प्रयास जारी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय