काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई भ्रमणको निम्तो आएसँगै उनी भारत भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौँ फर्कने छ ।
दुई दिने भ्रमणको निमन्त्रणा आएको प्रधानमन्त्री कार्यालय निकट श्रोतले जनाएको छ ।